सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा निषेधाज्ञा साउन १५ गतेसम्म

बैतडी । बैतडीमा निषेधाज्ञा साउन १५ गतेसम्मका लागि थप गरिएको छ।

बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जारी निषेधाज्ञालाई साउन १५ गतेसम्म कायम गरिएको जानकारी दिए।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १९:००