काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ ।
जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।
बैठकले अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय गरेको छ ।
।