सूचनाको शक्ति - The Power Of Information

        

रोनाल्डोलाई यूरो २०२० को गोल्डन बुट

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्डले यो प्रतियोगितामा ५ गोल गर्न सफल भए  ।

चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पार्न सफल भएका हुन् ।

रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट रह्यो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गर्न सफल रहे । रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए ।

रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रा स्थानमा थिए ।

Pos Player Team Goals
=1 Cristiano Ronaldo Portugal 5
=2 Patrik Schick Czech Republic 5
=3 Karim Benzema France 4
=3 Emil Forsberg Sweden 4
=3 Romelu Lukaku Belgium 4
=3 Harry Kane England 4
=7 Raheem Sterling England 3
=7 Georginio Wijnaldum Netherlands 3
=7 Robert Lewandowski Poland 3
=7 Kasper Dolberg Denmark 3
=7 Xherdan Shaqiri Switzerland 3
=7 Haris Seferovic Switzerland 3
=7 Alvaro Morata Spain 3

प्रकाशित मिति : २८ असार २०७८, सोमबार ११:४८