सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरिएको छ, नागरिकको समस्यालाई मध्यनजर गर्दै केही खुकुलो बनाएका छौं,” उनले भने ।

यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशतसहित डेलिभरी सेवामार्फत आˆनो व्यवसाय सञ्चालन गर्न पाउँने छन् ।

सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञासँगै कोरोना नियन्त्रण करीब शून्यमा झर्नै लागेको थियो । तर, पछिल्लो समय पुनः संक्रमिति बढ्न थालेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १०:४३