सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो ।

विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।

कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १०:३९