काठमाडौं । भक्तपुर जिल्लामा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् ।
शम्भु कार्की र ती महिला गाडीभित्रै अश्लील गतिविधि गरिरहेका थिए । प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरू अश्लील गतिविधि गरिरहेका बेला बुधबार राति ११ बजे फेला परेको भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।
।