सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७५ औं जन्मदिन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदै हुनुहुन्छ । यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उहाँले बताउनुभएको छ ।

राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृतिक विपत्का कारण जनताले दुःख पाइरहेको भन्दै उहाँले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा असार १६ गते विज्ञप्ति जारी गर्दै गर्नुभएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १०:३१