सूचनाको शक्ति - The Power Of Information

        

कालीकोटको शान्तिघाटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ४ घाइते

कालीकोट  । रास्कोटबाट जितेगडातर्फ आउँदै गरेको क १ ज २३ नम्बरको जिप बिहान ७ बजे शान्तिघाटको ओरालोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सान्नी त्रिवेणी- ९ का चालक खेमराज केसीले चलाएको जिप ओरालोमा अनियन्त्रित भई पल्टिँदा रास्कोट-३ की ३५ वर्षीया पम्फा फडेराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा रास्कोट-३ का २७ वर्षीय चक्रनाथ योगी, वडा नम्बर २ का ४७ वर्षीय कविराज न्यौपाने, वडा नम्बर ६ का ४० वर्षीय ध्वजबहादुर शाही र ३५ वर्षीया मैना शाही छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०९:०७