सूचनाको शक्ति - The Power Of Information

        

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा

एजेन्सी । पेरुलाई हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको सेमहिफाईनल खेलमा ब्राजिलले पेरुलाई १–० ले हरायो ।

३५ औं मिनेटमा लुकास पाक्वेताले गरेको गोल ब्राजिललाई फाईनलमा पु¥याउन पर्याप्त बन्यो । क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए ।

यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो । ब्राजिलले अब अर्जेन्टिना र कोलम्बियाबिच भोलि हुने दोस्रो सेमिर्फानल खेलको विजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०८:०२