सूचनाको शक्ति - The Power Of Information

        

मनकारी दम्पतीले गरे अखिल राहात कोषलाई आर्थिक सहयोग

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–१ निवासी एक दम्पत्तीले वैवाहिक वर्षगाँठको अवसरमा अखिल राहात कोषका लागि आर्थिक सहयोग गरेका छन ।

केदारस्युँ गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता लोकेश भण्डारी र अनिता खातीले ९ औ वैवाहिक वर्षगाँठको अवसरमा अखिल राहात कोषलाई आर्थिक सहयोग गरेका हुन ।

उहाँहरुले बझाङ जिल्लास्थित आपद, विपदमा परेकाहरुको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी बझाङले स्थापना गरेको अखिल राहात कोषलाई २० हजार रकम सहयोग गर्नु भएको छ ।

फजुल खर्च गर्नुभन्दा सामाजिक काममा खर्च गर्ने योजनाले आपत, विपदमा काम लाग्ने अखिल राहात कोषलाई सहयोग गरेको अनिता खातीले बताउनुभयो ।

साथै अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द्र धामी लगाएत अनेरास्ववियु परिवारले भण्डारी दम्पतीलाई बर्षगाठको शुभकामना तथा अखिल कोषमा रकम सहयोग गरेकोमा धन्यवाद समेत दिएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ०८:४०