सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले नारयणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ ।

यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार ०८:१९