काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ ।
लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको दुई दिन बसेको बैठकले सहसचिवको नाम सिफारिस गरेको हो ।
प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भएको छ ।
वन सेवातर्फ एकजना सचिव बढुवाका लागि ३ जना सहसचिव र इञ्जिनियरिङ सेवातर्फ १ जना सचिव बढुवाका लागि ३ जना सिफारिस भएका छन् ।
आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.दामोदर रेग्मीको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।
बैठकले कृषि तथा वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । आचार्य र पाण्डे यसअघिको सचिव बढुवामा पनि सिफारिस भएका थिए ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ डा.रेग्मीलाई सचिवमा बढुवा गर्नेछ भने प्राविधिकतर्फ ६ जनामध्येबाट वरिष्ठता तथा कार्यसम्पादनका आधारमा २ जनलाई सचिवमा बढुवा गर्नेछ ।
।