बझाङ । “धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ मंगलबार बझाङमा पनि १८ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब मनाइएको छ ।
कृषि ज्ञान केन्द्र बझाङ र आलुजोन बझाङको आयोजना र हरीयाली कृषक समुह छबिसपाथीभेरा गाउँपालीका १ भाँडेको प्रायोजनमा उक्त दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै छबिसपाथीभेरा गाउँपालीका १ का वडा अध्यक्ष नैन बहादुर बोहराले देशको मुख्य अन्नबाली धान रहेको बताउदै, धान खेतीमा किसानहरुलाई प्रोत्साहन गर्न दिवस सँगसँगै धान उत्पादन बढाउन आउने चुनौतीको समाधान गर्नु पर्ने बताउनु भयो ।
आफुले बढी कृर्षकहरुको सबालमा नै बोल्ने गरेको र आउने दिनमा समेत कुनै सहयोग चाहिए आफु तयार रहेको समेत बोहोराले बताउनुभयो ।
यो वर्ष मनसुनको सुरुमै पानी परेकाले जिल्लाका धेरै ठाउँमा समयमै रोपाइँ लगभग सकिएको कृषि ज्ञानकेन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्टले बताउनुभयो ।
प्रमुख विष्टले भन्नुभयो,“ कृर्षि प्रधान देश भनेर चिनिने हाम्रो देशमा आफैले उत्पादन गरेको धानवालीले कहिलै धान्न नसकेर बाहिर देशबाट आयात गर्नु पर्ने अवस्था रहेको छ ।
कृर्षि ज्ञान केन्द्रले धेरै जसो ठाउँमा धानको विऊहरु दिएको छ । हामी त्यसको उत्पादनमा ध्यान दिएर हामीलाई खान पुगेर अर्को पटक विउ छर्ने सम्मको उत्पादन भएपछी हामीले एक ठाउँमा भन्डारण गरेर बाहिर जिल्लामा निर्यात गर्ने लक्ष्य लिएका छौ । ”
साथै धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै जिल्ला समृद्धि हुने प्रमुख विष्टले बताउनु भएको छ । १८ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशको समृद्धि हुने समेत विष्टले बताउनुभयो ।
कृर्षि ज्ञान केन्द्रले धान दिवसको अवसरमा छविसपाथिभेरा गाउँपालिकामा रहेको हरियाली कृर्षक समुहलाई उत्पादन गरेको धानबालीलाई सुरक्षित भण्डारण गर्नको लागि २ क्युन्टल धान अटाउने पाँच ओटा धानका भकारी समेत हस्तान्तरण गरेको छ ।
।