सूचनाको शक्ति - The Power Of Information

        

सप्तरीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको ज्यान गयो

सप्तरी । सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ।

हिजो सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने ३५ वर्षीया जहादा खातुनको करेन्ट लागेर ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भइ करेन्ट लागेर जहादा घाइते हुनुभएको थियो ।

उहाँको नर्सिङहोम अस्पताल विराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार १०:०८