सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस आज पनि हुने

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनमाथि आज (मंगलबार) पनि सरकारको तर्फबाट बहस हुँदै छ ।

आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नुहुने सर्वोच्च अदालतले जनाएको छ ।

पाण्डेयका लागि दुई घण्टाको समय छुट्याइएको छ । हिजोदेखि सुरु भएको सरकार पक्षको बहसमा महान्यायाधिवक्ता रमेश बडालले सवा ३ घण्टा बहस गर्नुभएको थियो ।

सरकार पक्षले १५ घण्टा बहस गरेपछि रिट निवेदक पक्षका कानुन व्यवसायीहरुले फेरि ३ घण्टा जवाफी बहस गर्नेछन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार ०९:१४