बझाङ । मानव अधिकार रक्षक संजाल बझाङले आइतबार प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
कोरोनाका कारण बझाङ जिल्ला पनि प्रभावित एसंगै ज्यला मजदुरी गरेर जिविको पार्जन गर्ने व्यक्तिहरु प्रभावित भएसंगै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानियसरकारले कोरोनाको बेला विशेष ध्यान दिनुपर्ने भन्दै १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
मानव अधिकार रक्षक संजालका संयोजक भिम रसाइलिले प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी समक्ष बुझाएको हो ।
उक्त ध्यानाकर्षण पत्रमा कोरोना विरुदको खोप सबै जनताले लगाउन पाउँनुपर्ने, ग्रामिण क्षेत्रमा अझै रुघाँ, खोकी , ज्वरोका विरामीहरु धेरै भएकाले परिक्षणको दायरा बढाउनु पर्ने, सरकारले जारि गरेको निशेधाज्ञका कारण ज्याला मजदुरी गर्नेहरु मारमा परेकाले उनिहरुलाई राहातका कार्यक्रमहरु ल्याउने पर्ने, दिर्घ रोगीहरुलाई चाहिने आवश्यक औषधिको आपुर्ति गर्नुपर्ने, अपाङ्गता जेष्ठ नागरिक, बालबालिका, महिलाहरुको स्वास्थ्य सुरक्षाको स्थानियतहबाट विशेष पहल गरिनुपर्ने, कालो बजारीका कारण दैनिक उपभोग्य बस्तुको मुल्य बढ्दै गएकाले बजार अनुगमनलाई तिव्रता दिनुपर्ने, असार पहिलो साता देखि परेको अविरल बर्षाका कारण सेती नदी अन्य खोलाहरुले गरेको क्षतीको विवरण संकलन गरी उनिहरुलाई राहात लगाएतका अन्य सेवाहरुको व्यवस्था गर्नुपर्ने, लगाएतका १३ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
जसमा मानव अधिकार रक्षक संजाल बझाङको अगुवाईमा जिल्ला खाध्य अधिकार संजाल, जिल्ला गैससह, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, फोटोपत्रकार महासंघ जिल्ला शाखा र इन्सेक प्रर्तिनिधीको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको संजालका संयोजक रसाइलीले बताउनुभयो ।
।