बुटवल । नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पुराएवापत साहित्यकार निलम कार्की निहारिकालाई आज बुटवलमा सम्मान एवं पुरस्कृत गरिएको छ । नेपाली कला, भाषा साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा क्रियाशिल रहि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेख्य योगदान पुराएका ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएको खाती प्रतिष्ठान बुटवलले यसबर्ष निलम निहारिकालाई सम्मान एवं पुरस्कृत गरेको हो ।
आख्यान साहित्यकारका रुपमा परिचित कार्की बहुचर्चित चिरहरण उपन्यासका लागि बिसं २०७२ सालको पद्मश्री पुरस्कारबाट पुरस्कृत भएकी थिइन् । उनका पाँच उपन्यास, ३ वटा कथा संग्रह, २ वटा कविता संग्रह र एक मस्तिष्क जोन लगायत बिभिन्न कृतिहरु प्रकाशित भएका छन् भने योगमाया प्रकाशोन्मुख कृति हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रसिद्ध गजलकार बुंद राना, साहित्यकारहरु डा. हिरण्य ज्ञवाली, डा. मुरारी पराजुली, गिरी श्रीस, अजम्बर ध्वज खाती, रुद्र शर्मा, डा. बाबुराम ज्ञवाली, चुनकुमारी गुरुङ्ग, राजेन्द्र आचार्य, सुन्दर बासी, हृदय लेकाली लगायतले पुरस्कृत तथा सम्मानित कार्कीले नेपालको साहित्य क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।
।