सूचनाको शक्ति - The Power Of Information

        

पौडेलनिकट केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप तिब्र बन्दै गएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ ।

सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र पौडेलको तयारी रहेको छ । नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताउनुभएको छ । पौडेलले आज आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको हो ।

महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले अर्को कार्यकालका लागि दाबेदारी प्रस्तुत गरेपछि पौडेलले पनि आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको हो ।

यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो । सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा देउवा हुनुहुन्छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०९:४०