सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा फेरि थपियो निषेधाज्ञा

सुर्खेत ।  सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाकुँडाका पसलसँगै पुस्तक, स्टेशनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।

यसैगरी बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू गर्ने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।

मानिसहरूको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमा हल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १५:३४