सूचनाको शक्ति - The Power Of Information

        

अफ्रिकामा एक महिलाले १० जना बच्चा जन्माएको खबर झुटो

काठमाडौं । दक्षिण अफ्रिकामा एकजना महिलाले १० जना बच्चा जन्माएको भन्दै गरिएको दाबी गलत रहेको बीबीसीले उल्लेख गरेको छ।

केहीदिन अघि गोसिएमे थमारा सिथोले १० जना बच्चा जन्माएको समाचारहरु प्रकाशित भएका थिए। तर अनुसन्धानका क्रममा उक्त दाबी गलत रहेको पुष्टि भएको हो।

खाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एकैजनाले १० जना बच्चा जन्माएको अभिलेख नभेटिएको हो। थमारा गर्भवती नै नरहेको स्वास्थ्य परीक्षणमा देखिएको छ।

तर, यो समाचार पहिलोपटक प्रकाशित गर्ने प्रिटोरिया न्‍यूजले भने आफ्नो खबर सत्य रहेको दाबी गरेको छ। उसले सरकारसँग यस विषयमा अनुसन्धान गर्न माग गरेको थियो।

प्रिटोरिया न्यूजले प्रान्तको स्वास्थ्य अधिकारीहरुले आफ्नो लापरवाही ढाक्ने प्रयास गरेको दाबी गरेको थियो।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १२:०८