सूचनाको शक्ति - The Power Of Information

        

बाग्लुङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयाे

बाग्लुङ । बाग्लुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएकाे छ ।

बाग्लुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बाग्लुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा ज्यान गएकाे हाे ।

आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट खसेको चालकलाई उदृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरी अस्पताल ल्याएका थिए ।

उनको उपचारकै क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार ०९:३१