बझाङ । जिल्ला अस्पताल बझाङमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
घरेलु तथा साना उधोग कार्यालयका बरिष्ट उधम विकास सहजकर्ता दशरथ जप्रेलले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।
सहजकर्ता जप्रेलले जन्मदिनको अवसरमा जिल्ला अस्पतालमा पुगेर बिरामीको स्वास्थ्यलाभको कामनासहित स्याउ, केरा, अंगुर र अनार वितरण गर्नुभएको छ ।
उहाँले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको बताउनुभयो ।
प्रायजसो मानिसहरुले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन । तर, सहजकर्ता जप्रेलले आफ्नो जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरी मनाउनुभएको छ ।
उहाँले आफ्नो जन्मदिनको दिन बिरामीहरुको सेवा गर्ने उद्देश्यले अस्पतालमा मनाएको बताउनुभयो । आफ्नो जन्मदिन बिरामीको सेवा गरेर मनाउँदा निकै खुसी लागेको बताउनुभयो ।
फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीले सहजकर्ता जप्रेललाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए ।
।