सूचनाको शक्ति - The Power Of Information

        

निरन्तर घटेको सुनको मूल्य सोमबार बढ्यो, तोलाको कति ?

काठमाडौँ । पछिल्लो समय घटिरहेको सुनको भाउ सोमबार भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो ।

आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा कारोबार भएको थियो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढिरहँदा यता सोमबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:२८