सूचनाको शक्ति - The Power Of Information

        

जगदम्बा स्टिल्स कारखानामा आगलागी हुँदा दुई जनाको मृत्यु

बारा । बारा जिल्लाको जितपुरसिमरा स्थित जगदम्बा स्टिल्स कारखानामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । कारखानामा शनिबार ८ बजेतिर आगलागी भएको थियो ।

आगलागीमा परी ज्यान गुमाउने दुबैजना भारतीय नागरिक रहेका छन् । भारत बिहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

यसै गरी आगलागीमा परी तीन जना नेपाली कामदार घाइते भएका छन् । रामकुमार विश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौंलागाईंको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ ।

वल्डिङ गर्ने क्रममा आगलागी भएकाे हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ । यस बारेमा प्रहरीले विस्तृत रूपमा अनुसन्धान गर्ने जनाएको छ ।

आगलागीबाट भट्टीमा क्षति भएको तर कति क्षति भएको यस बारेमा अध्ययन गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतवार ०८:३७