बझाङ । बझाङमा सेती नदीले खतराको सतह पार गरेको छ ।
सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेको छ ।
कटानका कारण नदी किनाराका बस्ती र उर्बर भूमी जोखिममा परेका छन । नदीको बहाब बढी आएकाले भर्खरै निर्माण सम्पन्न चैनपुर–पानकोट जोड्ने मोटरेबल पानकोटमा रहेका ओम शान्ती र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन ।
पुल, दुबै भवनको मुनीबाट नदिले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालयले ढूङ्गा फुटाउने डोजर लगाएर नदीको बहाब बीचमा लगाउन मेसिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौं ।’
अधिकारीका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ ।
यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न तथा पानकोट पुल, बाहुलिगाड पुल, लगाएत सेती नदी र बाहुलिगाड आसपास मानिसहरुलाई प्रहरी परिचालन गरेर रोक लगाएको छ ।
।