सूचनाको शक्ति - The Power Of Information

        

भारतका धावक मिल्खा सिंहको निधन

काठमाडौं । भारतका धावक मिल्खा सिंहको निधन भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारमा रहेका उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ९१ वर्षका उनको चण्डीगढ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई गएको मे २० तारिखमा कोरोनाको सङ्क्रमण भएको थियो । जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो ।

यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।

पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर  र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।

सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए ।  उनी भारतीय सेनामा पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०८:३१