सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८  पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०८:२४