सूचनाको शक्ति - The Power Of Information

        

युरो कप : १ खेल बाँकी हुँदै इटाली अन्तिम १६ मा

काठमाडौं । युरोकप अन्तर्गत गएराति भएको खेलमा इटालीले सहज जित आत पारेको छ ।

इटालीले स्वीटजरल्याण्डलाई ३–० ले पराजित गर्न सफल भएको हो । रोम स्थित ओलम्किप रंगशालामा भएको खेल पोजिसनका आधारमा दुवै टोलीको उस्तै देखिन्थ्यो ।

बलमाथिको नियन्त्रणमा करिब दुवै टोलीले आधा–आधा समय आफ्नो पक्षमा राखेका थिए ।  स्वीटजरल्याण्डले पनि इटालीमाथि राम्रो दवाब बनाएको थियो । तर गोल स्कोरमा स्वीटजरल्याण्ड निकै पछाडि पर्यो ।

इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३–० ले नै हराएको थियो ।

स्वीटजरल्याण्डले वेल्ससँग १–१ को बराबरी खेलेको थियो । यो जितसँगै इटाली युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । अब इटालीले वेल्ससँग खेल्न बाँकी छ । ​

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०६:३७