सूचनाको शक्ति - The Power Of Information

        

प्राविधिक पत्रकार संघमा सिंह

बाँके । बाँकेका विभिन्न रेडियो र टेलिभिजनमा कार्यरत प्राविधिक पत्रकारहरु संगठित भएका छन् । नेपालगन्जमा सोमबार प्राविधिक पत्रकारहरुको भेलाले रेडियो सद्भावका प्रविधिक प्रमुख नरेन्द्र सिंहको अध्यक्षतामा प्राविधिक पत्रकार संघ नेपाल गठन गरिएको हो ।
सिंहको अध्यक्ष्तामा गठित ९ सदस्यीय तदर्थ समितीको उपाध्यक्षमा भेरी एफएममा कार्यरत सुप्रिया शर्मा, सचिवमा टेलिभिजन तथा रेडियो प्राविधिक अरुण घिमिरे, सहसचिवमा कोहलपुर एफएमका गणेश बिष्ट र कोषध्यक्षमा नेपालगञ्ज एफएमका प्रेरणा खड्का चयन भएका हुन् ।
यसैगरी सदस्यमा कृष्णसार एफएमका योगेश चौधरी, कोहलपुर टेलिभिजनका जिवन अधिकारी, बागेश्वरी एफएमका तारिफ मोहमद र प्रतिबोध एफएमका विवेक रेग्मी चयन गरिएको छ । साथै संघको कानुनी सल्लाहकारमा अधिबक्ता लोकबहादुर शाह तथा प्रेस सल्लाहकारमा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र बिशेष सल्लाहकारमा बरिष्ठ प्राविधिक बिष्णु कँडेललाई चयन गरिएको छ ।
संघले प्राविधिक पत्रकारको हकहितका क्षेत्रमा पैरवी गर्ने र दक्ष प्राविधिक उत्पादनका लागि तालिम सञ्चालन गर्ने अध्यक्ष सिंहले बताए । प्राविधिक पत्रकार संघमा आबद्ध हुन चाहनेलाई सदस्यता शुल्क पाँच सय एक रुपैयाँ तोकिएको अध्यक्ष सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार १०:५३