सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको फत्तेपुरमा प्रहरीका लागि बनाईएको नयाँ भवन हस्तान्तरण (फोटोफिचर)

बाँके । नेपाल प्रहरीका लागि फत्तेपुरमा बनाइएको नयाँ भवन आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

No description available.

राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को नवनिर्मित प्रहरी कार्यालय भवनको गाउँपालिका अध्यक्ष लाहुराम थारु र  बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानामार्फत संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

No description available.

भवन उद्घाटनपछि प्रहरी उपरिक्षक मार्फत  प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

No description available. राप्तीसोनारी गाउँपालिकाको ८ लाख रुपैयाँ र वडा नं. ६ वडापालिकाको ८ लाख रुपैयाँ गरी १६ लाख तथा बाँकी जनश्रमदान गरी कुन २७ लाख रुपैयाँमा प्रहरीका लागि नयाँ भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष जनक बहादुर थारुले जानकारी दिएका छन् ।

No description available.

यसअघि फत्तेपुर–६ खल्ला टपरीस्थित नदी किनारमा रहेको सामुदायिक भवनमा असुरक्षित रुपमा बस्दै आएको थियो ।

कार्यक्रममा बोल्दै बाँकेका प्रहरी उपरिक्षक रानाले भने, शान्ति सुरक्षाका लागि खटिने प्रहरी नै भवन नहुदा अभाव झेल्नुपरेको थियो, गाउँपालिकाले प्रहरीका लागि भवन बनाएर शान्ति सुरक्षालाई थप मजबुत बनाएको छ ।

No description available.

उनले भने, यसले प्रहरीको मनोबल बढेको छ । प्रहरीलाई शान्ति सुरक्षाका लागि खटिनका लागि सहज भएको छ । यसका लागि गाउँपालिका कार्यालयलाई हार्दिक धन्यवाद दिन्छु । साथै प्रहरीलाई नागरिकलाई पुर्णरुपमा सकृय भएर शान्ति सुरक्षामा खटिन निर्देशन दिन्छु ।

राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले अब प्रहरीलाई खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता हटेको भन्दै यसले समाजमा अमन चयन र शान्ती सुरक्षामा थप बल पुगेको बताए ।

No description available.

भवन निर्माणमा सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिदै वडा न ६ का वडाध्यक्ष थारुद्वारा कार्यक्रम समापन गरिएको थियो ।

No description available.

कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतम, अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक जङ्गबहादुर एमसी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

यसैबिच, प्रहरी भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई खादा सहित सम्मान गरिएको थियो ।

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १०:५३