सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रहरीका लागि फत्तेपुरमा २७ लाखको सुरक्षित घर

बाँके । भवन नहुँदा आफैं असुरक्षित बनेको नेपाल प्रहरीका लागि फत्तेपुरमा नयाँ भवन निर्माण सम्पन्न भएको छ । आफू असुरक्षित हुँदाहुँदै नागरिकको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ भवन बनेपछि नागरिकको सुरक्षामा थप सहजता आउने विश्वास गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरमा अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख)को नवनिर्मित प्रहरी कार्यालय भवन निर्माण भएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुत हुनुका साथै समाजमा अमनचयन कायम हुने वडा नं. ६ का वडाध्यक्ष जनकबहादुर थारुको विश्वास छ ।

प्रहरीका लागि नयाँ भवन बनेपछि प्रहरीलाई पनि सहज भएको अस्थायी प्रहरी पोष्ट फत्तेपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक जंगबहादुर एमएसीले बताए । यसअघि फत्तेपुर–६ खल्ला टपरीस्थित नदी किनारमा रहेको सामुदायिक भवनमा असुरक्षित रुपमा बस्दै आएको थियो ।

राप्तीसोनारी गाउँपालिकाको ८ लाख रुपैयाँ र वडा नं. ६ वडापालिकाको ८ लाख रुपैयाँ गरी १६ लाख तथा बाँकी जनश्रमदान गरी कुन २७ लाख रुपैयाँमा प्रहरीका लागि नयाँ भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष थारुले जानकारी दिएका छन् ।

राप्तीसोनारी गउँपालिकाका अध्यक्ष लाहुराम थारुले नवनिर्मित भवनको उद्घाटनपछि बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक ओमबहादुर रानामार्फत भोली सोमबार प्रहरीलाई उक्त भवन हस्तान्तरण गर्ने पनि वडाध्यक्ष थारुले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतवार १७:१९