बाँके । बाँकेमा पानी तताउने मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–१४ स्थित गणपती प्लाइबोर्ड कम्पनीमा पानी तताउने मेसिन पड्किँदा सोही कम्पनीमा काम गर्ने बर्दियाको बरबर्दिया नगरपालिका–९ बस्ने ३५ वर्षीय खुसीराम थारुको मृत्यु भएको हो ।
मेसिन पड्किँदा उक्त कम्पनीको करिब ७० लाख रुपैयाँ बराबरको धनमालसमेत क्षति भएको प्रहरीले जनाएको छ ।
।