काठमाडौं । युरोपको महादेशीय प्रतियोगिता युरोकप फुटबल शुक्रबारदेखि सुरु हुँदै छ।
प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन्।
प्रतियोगितामा २४ टोली सहभागी छन् भने पहिलो चरणमा ४/४ टोलीका ६ वटा समूह रहनेछन्।
समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्।
पोर्चुगल साविक विजेता हो। फाइनलमा फ्रान्सलाई १-० गोलले हराएर पोर्चुगलले गत संस्करणको उपाधि जितेको थियो।
पहिलो दिन एउटा मात्र खेल हुने छ। त्यसमा टर्की र इटाली भिड्नेछन्।
।