सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा ५३ अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा मंगलबार ५३ अंकको वृद्धि भएसँगै नेप्से २ हजार ९६० अंकमा पुगेको छ ।

होटल तथा पर्यटन, लगानी र लघुवित्तबाहेक सबै उपसूचक बढेका छन् ।

विकास बैंक, बैंक र बीमा समूहले बजारलाई उचालेका हुन ।

मंगलबार विकास बैंक समूह ३९८ अंकले बढेको छ ।

कारोबार भएकामध्ये मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबै विकास बैंकको शेयर उच्च अंकले बढेको छ ।

बजारमा १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ भने कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १८:३५