सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ ।

आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ ।

हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १३:२३