सूचनाको शक्ति - The Power Of Information

        

एमाले र पूर्व माओवादीलाई समेटेर पूनः मन्त्रिपरिषद् विस्तार गर्दै ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

एमाले र पूर्व माओवादीहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।

त्यसकालागि बालुवाटारमा छलफल भइरहेको बताइएको छ । आज साँझसम्म मन्त्रिपरिषद विस्तार हुनेछ ।

अहिले ७ वटा मन्त्रालयहरु गृह, अर्थ, रक्षा, उद्योग, कृषि, सामान्य पशासन, वन र सञ्चार खाली छन् ।

खाली रहेका मन्त्रालयमा पूर्व माओवादीबाट एमाले आएकालाई पनि समेट्ने ओलीको तयारी छ ।

यसअघि जेठ २१ गते जसपाका १० जना समेटेर ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतवार १३:०९