सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा विघटनका मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएपछि नयाँ इजलास गठन गरिएको हो ।

इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की तेस्रो वरियतामा रहेपनि गत पुसमा प्रतिनिधिसभा विघटनपछिको मुद्दा सुनुवाइका क्रममा उहाँ सम्मिलित इजलासमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारका महान्यायाधिवक्ता भइसकेका व्यक्ति उहाँ विरुद्धको मुद्दाको सुनुवाइमा न्यायाधीश भएको भन्दै कार्कीको भूमिकामा प्रश्न उठेको थियो ।

यस्तै चौथो वरियतामा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोनाका कारण घरमै उपचारमा रहेकाले त्यसपछिका न्यायाधीश भट्टराईलाई इजलासमा पठाइएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन परेका छन् ।

प्रधानन्यायाधीश राणाद्वारा वरिष्ठताको आधारमा इजलास गठन

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतवार १२:३४