सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू नमस्कार,
जीवन छोटो छ, तर जीवनभर गरेका काम अमर छन्, तपाई कामले तपाई अमर बनिसक्नु भएको छ । तपाई युगपुरुष हो, राजनेता हो । तपाईमा अदम्य साहस छ, सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने महानायक हो । तपाईकै पालामा नेपाल शुखी र समृद्धि हुनेछ । तपाईले चालेको कदम कायम राख्नुहोस्, जनताहरु तपाईका साथ छन् । तपाईको नेतृत्वले देशको विकासले तिब्रता लिइरहेको छ ।
राष्ट्रिय गौरवका कार्यहरुले पूर्णता पाएका छन् । २०७२ को भूकम्पले बिनास पारेको देशको सान धरहरा नेपालीको प्रतिक बन्यो । मृगतृष्णा बनिरहेको काठमाडौंले मेलम्ची आएपछि प्यास मेटाएर आफ्नो सपना पुरा गर्यो । पूर्वपश्चिम राजमार्गले आफ्नो आकार लियो । मध्यपहाडी राजमार्ग लगायत दुर्गम पहाडी भेगमा सडक सञ्जाल पुगेकोले पनि साँच्चिकै केपी ओली विकासवादी नेता भएको प्रमाणित भइसकेको छ ।
देशभर विकासले द्रुतगति लिइरहेको छ । आफ्नो स्वास्थ्यको प्रवाह नगरी दिनरात देश र जनताको निमित्त खटिरहनु भएको छ । हुन त विकास बिरोधीहरुले बिरोध गरिरहेकै छन्, तर त्यसको वास्ता नगरी आफ्नो कर्ममा लागिरहनु भएको छ । तपाई पटकपटक मृत्युसँग लडेर मृत्यु जितेको मान्छे । सायद मृत्यु जित्नु नै यो देशको समृद्धि बन्यो । तपाईको बिरोधको लागि रातदिन घुँडा टेकिरहेका छन् ।
तपाईलाई पराजय गर्नको निम्ति कदापि प्रजाय हुनुहुन्न । तपाईको पछि सारा शुभेच्छुक आमकार्यकर्ता र नेपाली जनाता छन् । २०७८÷०८९ को बजेट भाषणले आमजनता खुशी छन्, बजेट जनमुखी भएको छ । तपाईकै पाटीका केही अराजक ब्यक्तिहरु तपाईका विरुद्ध लागिरहेका छन् । तर यो फैसला चाँडै हुनेछ, विरोधीहरु न सडकको न सदनको हुनेछन् ।
भारतले बर्षौदेखि मिचिरहेको लिपुलेक लिम्पियाधुरा नेपालको नक्समा अटाउन सफल भयो । आजसम्म कसैले पनि भारतसँग टक्कर गर्न सकेका थिएनन्, जुन तपाईले देखाउनुभयो । आम जनता खुशी छन्, तपाईको नेतृत्वले गर्विलो एतिहास रचिरहेको छ । विश्वभर कोरोना महामारीको पहिलो र दोस्रो लहरले त्रसित बनाइरहँदा हाम्रो देश पनि अछुतो बन्न सकेन । यस्तो महामारीमा पनि तपाईको अथक प्रयासले देशभर अस्पताल बने आइसियु भेन्टिलेटर थप बेडसहित सुविधामा पहुँच पुग्यो ।
देश गरिब र पिछडिएको भए पनि खोपको लागि अग्रणी स्थान बन्यो । हरेक देशसँग सम्झौता गर्दै अक्सिजन सिलेन्डर उपलब्ध गराउनुभयो, यस कार्यमा पनि धन्यवादको पात्र बन्नुभएको छ । ऐतिहासिक सफलतापछि देश टुक्रा बनाउँछु भन्ने सिके रावत र विप्लवलाई मुलधारमा ल्याएर सहकार्य गर्नुभयो । त्यसैले नेपाल निर्माताको श्रेय तपाईलाई जान्छ । यो देशलाई तपाईको खाँचो छ, अझै दश बर्ष तपाईकै नेतृत्वमा देश चल्नुपर्छ । विकासले अन्य देशझैं फट्को मार्नेछ । साथै देश विकासले मूर्तरुप लेओस् । शुभकामना ।।
।