सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा कांग्रेसबाट दुई मन्त्री, भोलि शपथ हुने

काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट दुई मन्त्री मन्त्रीमण्डलमा समावेश हुने भएका छन् ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।

कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यस लगत्तै सरकारमा जाने सहमति भए पनि कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको थिएन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १९:०५