सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त हुँदा ५ हजार ४२ संक्रमित

३ सय ८४ जना भेन्टिलेटरमा

काठमाडौं । नेपालका कोभिड–१९ बाट एकैदिन ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका हुन् । योसँगै कोभिड संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणमा देशभरका ५ हजार ४२ जनामा कोभिड संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९८ हजार २ सय ४ जना पुगेको छ ।

यस्तै, सोही समयमा देशभरका ६८ जना मानिसले ज्यान गुमाउँदा कोभिडबाट मृत्यु हुने ७ हजार ७ सय ९९ पुगेका छन् ।

देशभर ९२ हजार ९ सय २८ जना सक्रिय संक्रमित हुँदा १ हजार ४ सय ५१ जना आईसीयू र ३ सय ८४ जना भेन्टिलेटरमा छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १९:०३