सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाविरुद्धको खोप

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप दिने, प्रधानमन्त्री ओलीद्वारा खुसी व्यक्त

१६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूहरूको अनुरोधलाई स्वीकार गरी खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् ।

उनले अमेरिकाको खोप उपलब्ध गराउने निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् । तर, नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन ।

अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि नेपाल कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला अमेरिकाले खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै खुसी व्यक्त गरिरहेका छन् ।

अमेरिकाले नेपालसहित भारत, बंगालादेश, पाकिस्ता, श्रीलंका, अफगानस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियत्नाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइसल्यान्डलाई खोप उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ०७:२२