सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा

बझाङ ।  जिल्ला अस्पताल बझाङमा जडान गरिने अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागी सुदुरपश्चिम प्रदेशबाट आएको ८० लाख बजेटको ब्यबस्थापन गरेको थियो ।

सोही रकमबाट अहिले जिल्ला अस्पतालमा अक्सिजन प्लान्टका लागी काम अघि बढाइएको छ । अक्सिजन प्लान्टका लागी जिल्ला अस्पतालमा उपकरण जडानका कार्य भइसकेको छ ।

जिल्ला अस्पतालमा जोडिएको विद्युत अक्सिजन प्लान्टका लागी प्रायाप्त नभएका कारण संञ्चालनमा कठिनाई भएको जिल्ला अस्पताल बझाङका प्रमुख सन्दिप ओखेडाले जानकारी दिनु भएको छ ।

अवको एकदुई दिनभित्र नै आवश्यक पर्ने विद्युतका लागी ट्रान्सफर्मर जोडिने र त्यसपछि निरन्तररुपमा जिल्ला अस्पतालमा दैनिकरुपमा आवश्यक पर्ने अक्सिजन आपुर्ति गरिने डा. ओखेडाले बताउनुभयो ।

प्लान्ट संञ्चालनमा आउने वित्तिकै जिल्ला अस्पतालको कोरोना वार्डमा रहेका ८ वटा बेडमा अक्सिजन पाइपको ब्यबस्था गर्ने र आठ वटै वेडमा पाइपवाट चौविसै घण्टा अक्सिजन उपलब्ध गराइने जिल्ला अस्पतालले जनाएको छ ।

यस्तै दैनिक चारदेखी छ वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएको छ । अव अक्सिजन भर्नका लागी जिल्ला बाहिर पठाउनु पर्ने र अक्सिजन कहिले आउला भनेर कुर्नु पर्ने अवस्था जिल्ला अस्पतालमा नआउने प्रमुख डा. ओखेडाले बताउनुभयो ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्टलाई थप प्रभावकारी वनाउनका लागी भ्याकुम र मेडिकल इएर थप्न बाँकी रहेको र त्यसलाक्ष्ई निकट भविष्यमा नै ब्यबस्थापन गरिने भएको छ ।

अहिले जिल्ला अस्पतालमा १७० वटा अक्सिजन सिलिन्टडर, स्वास्थ्य कार्यालयमा ६६ वटा, १० देउलेख स्वास्थ्य केन्द्रमा र १८ देउरा स्वास्थ्य चौकीमा रहेका छन् । “अव जिल्लामा अक्सिजन सिलिण्डर प्रयाप्त मात्रामा रहेका छन ।

जिल्ला को अन्य स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर लिन सक्ने अवस्था नभएकाले विद्युतबाट दिइने अक्सिजन कन्स्ट्रेटरको आवश्यकता बढी छ ।” डा. ओखडाले बताउनुभयो ।

अव अक्सिजन सिलिन्डरभन्दा पनि कन्स्ट्रेटरको आवश्यकता छ । कन्स्ट्रेटरलाई ग्रामिण भेगका स्वास्थ्य संख्यामा पनि सहजै संञ्चालन गर्न सकिने समेत उहाँको भनाई छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०८:१०