सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

काठमाडौं । मंगलबार हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू-भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एक दुइ स्थानहरुमा हल्का पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रही देशभर केहि स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:४७