सूचनाको शक्ति - The Power Of Information

        

कुन वस्तुमा भन्सार र अन्तःशुल्क बढ्यो, कुनमा घट्यो ?

काठमाडौं । सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा भारी कर छुट दिएको छ ।

यसअघि विद्युतीय सवारीसाधनमा सरकारले ६० प्रतिशतसम्म अन्तःशुल्क र ८० प्रतिशतसम्म भन्सार लिँदै आएको थियो । तर, सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनमा पूर्ण रूपमा अन्तःशुल्क हटाएको छ ।

त्यस्तै,भन्सार दरबन्दी पनि १ सय किलोवाटसम्मका सवारीसाधनमा १० प्रतिशतमा झारिएको छ भने ३ सय किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ८० प्रतिशत भन्सार लिइएकोमा ४० प्रतिशतमा झारिएको छ ।

त्यस्तै, फ्रिज, वासिङमेसिन, राइसकुकर, बच्चालाई खुवाउने दूधलगायतमा पनि भन्सार घटाइएको छ । सुर्ती, चुरोट, मदिरालगायतमा अन्तःशुल्क बढाइएको छ ।

गत साल चकलेटको भन्सार घटाएको भनेर सरकारको आलोचना भएको थियो । यो साल चकलेटमा भन्सार पुनः ३० बाट ४० प्रतिशत नै बनाइएको छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०८:२३