सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले दिउँसाे चार बजे सम्बाेधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले अहिले दिँउसाे चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

नेपालकाे संविधानअनुसार प्रत्येक जेठकाे १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएकाे जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे तयारी छ ।

यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १३:४७