सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै, ६ हजार ९ सय ३९ थपिए

७ हजारभन्दा धेरै निकाे

काठमाडौं । आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् ।

आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ । यस्तै थप एक सय ६ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १९:३९