सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोभिड-१९ : १६९ जनाको मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि

संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ।

हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १८:३०