सूचनाको शक्ति - The Power Of Information

        

आज चन्द्रग्रहण : चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने, ग्रहण बार्नु नपर्ने

काठमाडौं । आज चन्द्रग्रहण हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने गर्छ ।

चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले पृथ्वीको छायाँको कालो भाग देख्न सकिनेछैन ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गछ ।

सघन तथा विरल रहेकाले सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ ।

यसैले आजकोे ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार ०८:२३