सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एकैदिन १७ संक्रमितको मृत्यु

बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बाँकेका १० जना र बाहिरी जिल्लाका सात जनाको मृत्यु भएको हो ।

थपिए ३४२ संक्रमित

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३४२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लका तीन वटा प्रयोगशालामा ५८७ नमुना परीक्षण गर्दा ३४२ जना संक्रमित थपिएको ओलीले बताए ।

जसमध्ये बाँकेका मात्रै २०६ जना र बाहिरी जिल्लाका १३६ जना रहेका छन् ।

३३८ जना डिस्चार्ज

बाँकेमा शुक्रबार ३३८ जना संक्रमित डिस्चार्ज भएका छन् । ओलीका अनुसार १५५ जना महिला १८३ जना पुरुष गरी कुल ३३८ जना संक्रमित भएका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १८:१५