सूचनाको शक्ति - The Power Of Information

        

देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गरे प्रतिवाद- डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको टिप्पणाी गर्नुभएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।

‘धारा७६(२ं)वमोजिम १ सय ४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु÷जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारीरप्रतिवाद गर्नुपर्छ,’ उहाँले लेख्नुभएको छ ।

१ सय ४९ सांसदको हस्तारसहित विपक्षी दल र नेकपा एमालेका नेता माधवकुमार नेपाल शीतलनिवासमा छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १७:२३